जेठ ०४, २०८१, शुक्रबार
               

नमूना सङ्कलन र परीक्षणको दायरा बढाइयो

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नमूना सङ्कलन र परीक्षणको दायरालाई फराकिलो पारेको छ । रोगको जोखिम बढ्न सक्नेतर्फ ध्यान दिँदै दक्षिणी नाका आवागमनमा कडाई गरेको सरकारले परीक्षणको गति पनि उसैगरी बढाउँदै लगेको हो । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)मार्फत पनि मुलुकका धैरजसो जिल्लामा परीक्षण थालिएको स्वास्थ्य मन्त्रायले जनाएको छ । 

सुरुमा काठमाडौंमा मात्रै सीमित रहेको परीक्षणलाई देशव्यापी बनाउने उद्देश्यअनुसार यन्त्र उपकरण थपेर आवश्यक काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । यसअघि जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको कोभिड–१९ सङ्क्रमणको परीक्षण आजदेखि वीर अस्पतालमा पनि सुरु भएको छ । भोलि आइतबारदेखि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालमा समेत थालिने डा देवकोटाले बताए। 

    नागरिकले धेरैभन्दा धेरै परीक्षण गरेर रोग नियन्त्रणमा लाग्न सरकरालाई अनुरोध गर्दै आएका छन् । नागरिकको चासोप्रति गम्भीर हुँदै सरकारले रोग नियन्त्रणका प्रभावकारी उपाए अपनाउँदै आएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणअनुसार हालसम्म चार हजार ४२६ जनाको नमूना परीक्षण भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८९७ जनाको नमूना परीक्षण गरिएको छ । यो गएको हप्ताको परीक्षणभन्दा निक्कै धेरै हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म तीन हजार ३९२ को परीक्षण भएकामा पछिल्लो २४ घण्टामा मात्रै ६०९ जनाको परीक्षण भएको छ । उपत्यका बाहिर ७४२ वटा परीक्षण भएको छ । त्यसमध्ये  पछिल्लो २४ घण्टामा २८८ वटा नमूनाको परीक्षण भएको डा देवकोटाले बताए । नमूना परीक्षण प्रतिदिन झण्डै ८०० भएको छ । नमूना सङ्कलनसमेत बढेकाले परीक्षणको दायरा पनि बढाइएको हो  ।

    “तीन दिनदेखि र्‍यापिड डाइग्नोष्टिक किट (आरडिटी) मार्फत पनि परीक्षण शुरु गरेका छौँ, यो समुदायमा सङ्क्रमण छ छैन भनेर हेर्नका लागि हो, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति छ छैन भनेर उक्त किटले हेर्न सक्छ, धेरै जिल्लामा पुगिसकेको छ, केहीमा शुरु हुँदैछ”, डा देवकाटाले भने ।


कस्तो लाग्यो ?

यो पनि