जेठ ०४, २०८१, शुक्रबार
               

८ हजार ८२ जना क्वारेन्टाइन तथा १८९ जना रेड जोनमा

नेपाल फ्ल्यास
चैत २९, २०७६

सांकेतिक
ADVERTISEMENT

काठमाडौं । सरकारले सात दिन यता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिन यता कुनैपनि नयाँ संक्रमण नभेटिएको बताए । यस्तै परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमडौंको वीर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको उनले बताए । प्रवक्रा देवकोटाले आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाट समेत परीक्षण सुरु हुने बताए ।   

अहिलेसम्म नेपालभर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा ८ हजार ८२ जना रहेको उनले बताए । क्वारेन्टाइनमा बसेका सबैको र्‍यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले बताए । यस्तै अहिलेसम्म आइसोलेसनमा ८२ जना रहेको समेत प्रवक्ता देवकोटाले बताए । उनले तीन दिन यता र्‍यापिड डाइगोनेस्टिक किटको माध्यमबाट परीक्षणको दायरा बढाइएको बताए । उनले विदेशबाट आउने व्यक्तिहरु नेपाल आइसकेको १४ दिन भन्दा बढी भएको अवस्थमा यो किटको परीक्षणबाट सही रिपोर्ट आउने भएकाले दायरा बढाइएको बताए । यस्तै ७७ वटै जिल्लामा र्‍यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले बताए ।

यस्तै सरकारले सञ्चालन गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ३ हजार ४० जनाको जिज्ञासाको सम्बोधन भएको उनले बताए । चौबिस घण्टामा ५ जना रेड जोनमा परेको र अहिलेसम्म १ सय ८९ जना रेड जोनमा रहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि