जेठ ०४, २०८१, शुक्रबार
               

नेशनल लाइफको ५१ लाख सहयोग

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५१ लाख प्रदान गरेको छ ।
आज कम्पनीको तर्फबाट अध्यक्ष प्रेमा सिंहले ५१ लाखको चेक अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई उपलब्ध गराएका हुन् ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं कम्पनी सञ्चालक समितिका सदस्य भवानी राणा, प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि