बैशाख २१, २०८१, शुक्रबार
               

कोरोनाको चपेटामा इटाली, १७ हजारभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
चैत २६, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोनामा भाइरसको सबैभन्दा बढी क्षति इटालीलाई पुगेको छ ।

त्यहाँ पछिल्लो १० दिनमा दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् भने पछिल्लो १० दिनमा औसत दैनिक ७ सय जनाले मृत्युवरण गरिरहेका छन् ।

यो समाचार तयार गर्दासम्म इटालीमा एक लाख ३५ हजार ५८६ जना संक्रमित भएका छन् भने १७ हजार १२७ जनाको मृत्यु भइसकेको छ । त्यहाँ २४ हजार ३९२ जना संक्रमित उपचारपछि ठीक भएका छन् । इटालीमा करिब ३ हजार ८ सय जना गम्भीर अवस्थामा रहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि