बैशाख २०, २०८१, बिहीबार
               

कोरोना संक्रमण : कुल मृत्युको ७१ प्रतिशत युरोपमा

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट कारण सबैभन्दा बढी मानिस युरोपमा मरेका छन् ।

नेपाल फ्ल्यासले आइतबार राति ८ बजेसम्मको तथ्याङ्क विश्लेषण गर्दा विश्वभर भएको मृत्युको युरोपमा मात्रै ७१ दशमलव ४७ प्रतिशत छन् । कुल ६५ हजार ७१४ जनाको मृत्यु हुँदा युरोपमा ४६ हजार ९७२ जनाको ज्यान गएको छ ।

त्यसपछिको मानवीय क्षति उत्तर अमेरिकामा भएको छ । त्यहाँ ८ हजार ९५६ जनाको मृत्यु भइसकेको छ । यो १३ दशमलव ६२ प्रतिशत हुन आउँछ ।

त्यसै गरी एसियाको क्षति पनि उत्तर अमेरिकाको नजिक नजिक छ । एसियामा ८ हजार ५२९ जनाको मृत्यु भइसकेको छ । यो १२ दशमलव ९७ प्रतिशत हो ।

सबैभन्दा कम मानिस अस्ट्रेलियामा भएको छ । त्यहाँ ३५ जना अर्थात् ० दशमलव ०५ प्रतिशतको मृत्यु भएको छ । यस्तै अफ्रिकामा ४ सय जना (० दशमलव ६ प्रतिशत)को मृत्यु भएको छ ।

उत्तर अमेरिकामा स्थिति भयावह जाँदै गएको बेला दक्षिण अमेरिका धेरै सुबिस्तामा छ । त्यहाँ ८२२ जनाको मृत्यु भइसकेको छ । जुन विश्वभर भएको कुल मृत्युको १ दशमलव २५ प्रतिशत हुन आउँछ ।

यसै गरी संक्रमणतर्फ पनि सबैभन्दा बढी युरोपमा भएका छन् । विश्वभरका संक्रमितमध्ये ५० प्रतिशतभन्दा केही कम युरोपमा छन् ।

नेपाल फ्ल्यासले १२ लाख १६ हजार ४८३ जना संक्रमण हुँदा गरेको विश्लेषणमा ६ लाख २४ हजार ८१८ जना युरोपमा पाइएको छ ।

त्यसपछि उत्तर अमेरिकामा सबैभन्दा बढी संक्रमित छन् । त्यहाँ ३ लाख ३२ हजार ८९४ संक्रमित रहेकोमा एसियामा २ लाख १९ हजार २८२ जना संक्रमित छन् ।

यसै गरी दक्षिण अमेरिकामा २३ हजार ५०१ जना, अफ्रिकामा ९ हजार १ सय ९२ र अस्ट्रेलियामा ६ हजार ७९६ जना संक्रमित छन् ।

कुन महादेशमा कति संक्रमित ?

 


कस्तो लाग्यो ?

यो पनि