बैशाख २१, २०८१, शुक्रबार
               

पूर्वप्रधानमन्त्रीहरूलाई ऐक्यबद्ध हुन पूर्वप्रधानमन्त्री देउवाको अपिल

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

कोरोना भाइरस संक्रमणविरुद्ध ऐक्यबद्ध हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  सबै पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले आइतबार ५ पूर्वप्रधानमन्त्री र एक मन्त्रिपरिषद्‌का अध्यक्षलाई टेलिफोन गरी संकटको एकताबद्ध भएर सामना गर्ने प्रस्ताव गरेका हुन्।

देउवाले पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द तथा तत्कालीन् मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन संवाद गर्दै नेपाल र नेपालीलाई जोगाउन एक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको ट्विटमार्फत जानकारी गराएका हुन् । 

 

 


कस्तो लाग्यो ?

यो पनि