बैशाख २१, २०८१, शुक्रबार
               

एकैदिन ३ जनामा कोरोना पोजेटिभ, संक्रमितकाे संख्या ९ पुग्यो

नेपाल फ्ल्यास
चैत २२, २०७६

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौँ । नेपालमा एकै दिन थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको छ ।

नेपालमै रहेकाे एक जना र बाहिरबाट आएका २ जना गरी ३ जनामा काेराेना संक्रमण देखिएकाे हो । शनिबार कोरोना भाइरस (कोभिड १९) का थप नयाँ तीन संक्रमित फेला परेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको हाे।

नयाँ भेटिएका संक्रमितहरूमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिला रहेको मन्त्रालयले जनाएको छ । संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

योसँगै पहिलोपटक नेपालमै रहेकाे व्यक्तित्रमा कोरोना संक्रमण भएको पनि पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि