जेठ ०४, २०८१, शुक्रबार
               

उपप्रधानमन्त्री पोखरेलबाट सिसिएमसी सञ्चालनस्थलको अवलोकन

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि छाउनीमा स्थापित  सङ्कट व्यवस्थान केन्द्र (सिसिएमसी) सञ्चालनस्थलको आज अवलोकन गरी सोको कार्य प्रगतिबारे जानकारी लिएका छन् ।

रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेललाइ सङ्क्रमित देखिएका बिरामीलाई अस्पतालसम्म लगेर उपचारको व्यवस्थालगायत उक्त रोगको प्रतिकार्यको लागि अत्यावश्यक औषधि उपकरण तथा स्वास्थ्य सामग्रीको आवश्यकताको पहिचान र खरिद प्रक्रियाको सम्बन्धमा प्रस्तुतीकरणमार्फत जानकारी गराएकाे थियो । सोही प्रस्तुतीकरणको क्रममा लकडाउनको समयमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयको साथै अत्यावश्यक उपभोग्य सामानको आपूर्ति र राहत वितरणलाई प्रभावकारी बनाउने विषयमा समेत जानकारी गरइएको रक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा उनले रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्ध सबैले मेहनत र इमान्दारितापूर्वक योगदान पुर्‍याउन निर्देशन दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि