जेठ ०४, २०८१, शुक्रबार
               

बिरामीको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका छन् । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीलाइ मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिएका हुन् ।

मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका निम्ति सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताए । उनले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर] ।  मन्त्री ढकालले अहिले नेपालको हकमा कम्युनिटी ट्रान्समिसन नदेखिएको स्थितिमा कोरोना बाहेकका अन्य रोगका बिरामीले दुःख नपाउन भन्ने कुरामा राज्य संवेदनशिल रहेको पनि बताए । उनले बिरामीको उपचार पनि बढाउन र अन्य अस्पतालसँगको सहकार्यमा समेत बिरामीको उपचार गर्न गराउन निर्देशन दिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनै पनि किसिमको असुबिधा हुन नदिने बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. देवनारायण शाहले मन्त्रालयको निर्देशनअनुसार कोरोनासहितका बिरामीको उपचारका निम्ति पूर्ण रूपमा तयार रहेको बताए । वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारेमा बताउँदै सोमबारबाट कोरोनाको नुमना परीक्षण समेत हुने जानकारी दिए ।

यस्तै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले कोरोना उपचारमा विशेष सजकता अपनाउनु पर्ने भन्दै ट्रमा सेन्टरले अहिले पनि घाउचोटका बिरामीको उपचार गरिरहेको जानकारी गराए । उनले कोरोनाका बिरामीको उपचारमा विशेष सजकता अपनाउनुपर्ने भन्दै कोरोनाको नाममा अन्य बिरामीको उपचार नपाइ ज्यान जाने अवस्था आउन दिननहुनेमा जोड दिए ।


कस्तो लाग्यो ?

यो पनि