बैशाख २४, २०८१, सोमबार
               

कोरोना सङ्क्रमणको यस्तो छ मृत्युदर, इटालीमा १२ प्रतिशतको मृत्यु

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना सङ्क्रमण भएकामध्ये विश्वभरमा पाँच दशमलव २ प्रतिशतको मृत्यु भएको छ ।

यो प्रतिशत हरेक देशमा एकैनासको देखिएको छैन । इटालीमा १२ दशमलव ०७ प्रतिशतको मृत्यु भएको छ । अर्थात् प्रत्येक एक सय जना सङ्क्रमितमध्ये १२ जनाभन्दा बढी मर्ने गरेका छन् ।

मृत्युदर बढी भएको दोस्रो देशमा स्पेन छ भने त्यसपछि सङ्क्रमितको सङ्ख्याका आधारमा फ्रान्समा बढी मानवीय क्षति पुगेको छ । स्पेनमा प्रत्येक १०० सङ्क्रमितमध्ये ९ जनाभन्दा बढी मरेका छन् भने फ्रान्स र नेदरल्यान्ड्समा पनि सोही हाराहारीमा मानवीय क्षति भएको छ ।

सबैभन्दा बढी सङ्क्रमित भएको अमेरिकामा मृत्युदर २ दशमलव ४७ प्रतिशत छ ।

सङ्क्रमण सङ्ख्याको आधारमा शीर्ष १५ मा परेका मुलुकको विश्लेषण गर्दा जर्मनीमा मृत्युदर कम छ । त्यहाँ प्रत्येक एक हजार जनामा १३ जनाको ज्यान गएको छ । कोरोना भाइरसको उत्पत्ति मुलुक चीनको अवस्था मध्यम छ । त्यहाँ मृत्युदर चार प्रतिशतभन्दा केही बढी छ । 

सङ्क्रमण सङ्ख्याको आधारमा मृत्युदर

क्रस देश सङ्क्रमित मृत्यु मृत्यु प्रतिशत
अमेरिका
USA
२,४५,०८८ ६,०७५ २.४७%
इटाली
Italy
१,१५,२४२ १३,९१५ १२.०७%
स्पेन
Spain
१,१२,०६५ १०,३४८ ९.२३%
जर्मनी
Germany
८४,७९४ १,१०७ १.३०%
चीन
China
८१,६२० ३,३२२ ४.०७%
फ्रान्स
France
५९,१०५ ५,३८७ ९.११%
इरान
Iran
५०,४६८ ३,१६० ६.२६%
बेलायत
UK
३३,७१८ २,९२१ ८.६६%
स्विट्जरल्यान्ड
Switzerland
१८,८२७ ५३६ २.८४%
१० टर्की
Turkey
१८,१३५ ३५६ १.९६%
११ बेल्जियम
Belgium
१५,३४८ १,०११ ६.५८%
१२ नेदरल्यान्ड
Netherlands
१४,६९७ १,३३९ ९.११%
१३ क्यानडा
Canada
११,२८३ १७३ १.५३%
१४ अस्ट्रिया
Austria
११,१२९ १५८ १.४१%
१५ दक्षिण कोरिया
S. Korea
१०,०६२ १७४ १.७२%

नेपाल फ्ल्यासले हरेक दश दिनको तथ्याङ्क विश्लेषण गर्दा मृत्यु प्रतिशत बढ्दै गएको देखिएको छ । माघ ११ गते कुल सङ्क्रमित एक हजार ४३४ पाइएकोमध्ये मृत्यु ४२ जनाको भएको थियो । जुन २ दशमलव ९ प्रतिशत हुन आउँछ । त्यसको १० दिनपछि माघ २१ गते भने मृत्युदर घटेर २ दशमलव ०५ प्रतिशतमा भएको थियो । तर त्यसयता निरन्तर बढ्दै हाल कुल सङ्क्रमितको ५ दशमलव २ प्रतिशत हाराहारीमा पुगेको छ ।

हरेक १० दिनको मृत्युदरको अवस्था

क्रस मिति सङ्क्रमित कुल मृत्यु मृत्यु प्रतिशत
माघ ११
USA
१,४३४ ४२ २.९०%
माघ २१
Italy
२३,८९३ ४९२ २.०५%
फागुन २
Spain
६६,८८५ १,५२३ २.२७%
फागुन १२
Germany
७९,५६१ २,६२९ ३.३०%
फागुन २२
China
९७,८८६ ३,३४८ ३.४२%
चैत १ १,५६,१०१ ५,८१९ ३.७२%
चैत ११ ४,१८,०४५ १८,६२५ ४.४५%
चैत २० १०,००,२०७ ५१,३५६ ५.१३%

 


कस्तो लाग्यो ?

यो पनि