जेठ ०४, २०८१, शुक्रबार
               

मेगा बैंकले कोषमा एक करोड ३५ लाख दिने

नेपाल फ्ल्यास
चैत २०, २०७६

ADVERTISEMENT

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ । 

बैंकले केन्द्रको कोषमा एक करोड र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा रु पाँच/पाँच लाख गरी जम्मा एक करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका एक हजार २०० भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि