नयाँ कोराना भाइरसको सङ्क्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४७ हजार नाघिसकेको छ । यो अझै विश्वभर खतराको घण्टी बनेर झुण्डिरहेको छ ।
मंगलबारको तुलनामा मृत्यु हुनेको संख्या केही घटे पनि सङ्क्रमितको संख्या भने बढेकै छ । मंगलबार ४ हजार ३३७ जनाको मृत्यु भएको थियो भने बुधबार ४ हजार २९२ ले ज्यान गुमाएका छन् । यस्तै मंगलबार ६८ हजार ७५२ जना सङ्क्रमित थपिएका थिए भने बुधबार ७५ हजार ५३५ जना बढेका छन् ।
कुल सङ्क्रमित झण्डै साढे नौ लाख पुगेका छन् । त्यसमध्ये ३५ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
यो चीनको वुहानमा पहिलोपटक देखिएको थियो । ७२ दिनअघि माघ ८ गते यसको सङ्क्रमण ५ सय ५५ जनामा देखिएको थियो । यो चीनमा मात्रै सीमित थियो । यतिबेलासम्ममा १७ जनाले ज्यान गुमाइसकेका थिए ।
त्यसयता निरन्तर यो सङ्ख्या बढ्ने क्रममा छ । माघ ९ गते १ जना, १० गते ८ र ११ गते १६ जनाको ज्यान कोरोना भाइरसले लिएको थियो ।
यसबीचमा हरेक दिनजसो मृत्युको सङ्ख्या अघिल्लो दिनको तुलनामा बढेको छ । अपवादमा मात्र सङ्ख्या घटेको पाइन्छ । माघ १२ गते अघिल्लो दिनको तुलनामा दुई जना कम अर्थात् १४ जनाको मृत्यु भएको थियो । त्यस्तै माघ १४ गते ४९ जनाको मृत्यु भएकोमा १५ गते २ जनाको ज्यान कोरोना भाइरसले लियो । माघ १९ मा १०३ जना मरेकोमा २० गते ६४ मा झर्यो ।
माघकै २८ गते १०० जनाले ज्यान गुमाए । भोलिपल्ट माघ २९ मा भने यो सङ्ख्या निक्कै घटेर ५ जनामा खुम्चियो । तर फागुन १ गते नै २५३ जनाले ज्यान गुमाएको समाचार सुन्नु पर्यो ।
फागुन २ गते यो मृत्युको सङ्ख्या अलि घटेर १५२ मा पुग्यो । त्यसपछि फागुन २४ सम्म औसतमा एक सय जनाको हाराहारीले ज्यान गुमाए ।
फागुन २५ पछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या फेरि बढ्यो । त्यो दिन २४४ जनाले ज्यान गुमाएको दुखद खबर आयो । त्यसयता विश्वभर दैनिक मृत्युको सङ्ख्या तीन सयभन्दा खासै तल आएन ।
चैत महिना त विश्वलाई अझै फापेन । तीन अङ्कमा सीमित मृत्यु चैत ६ देखि ४ अङ्कमा पुग्यो । चैत ६ गते एक हजार १३४ जनाले ज्यान गुमाए । त्यसयता मृत्युको सङ्ख्या कहिल्यै तीन अङ्कमा झरेन ।
चैत ११ देखि मृत्युको सङ्ख्याले दैनिक दुई हजारको आँकडा पार गर्यो भने १५ गतेदेखि तीन हजारको आँकडा पार गरेको छ । पछिल्लो १० दिनमा करिब २७ हजारको ज्यान गएको छ । मंगलबारमात्रै ४ हजार ३३७ जनाको मृत्यु भयो ।
सङ्क्रमणतर्फ पनि यसैगरी आँकडा बढ्ने क्रममा छ ।
यस्तो छ दैनिक मृत्यु र सङ्क्रमण :
क्रस | मिति | दैनिक संक्रमित | दैनिक मृत्यु |
---|---|---|---|
१ | २०७६ चैत १८ | ७५,५३५ | ४,२९२ |
२ | २०७६ चैत १८ | ६८,७५२ | ४,३३७ |
३ | २०७६ चैत १७ | ५८,०७३ | ३,३६२ |
४ | २०७६ चैत १६ | ६४,६७१ | ३,५७७ |
५ | २०७६ चैत १५ | ६५,७२७ | ३,४६९ |
६ | २०७६ चैत १४ | ४८,०२७ | २,४३१ |
७ | २०७६ चैत १३ | ६०,८३० | २,७९१ |
८ | २०७६ चैत १२ | ५२,९९० | २,६५७ |
९ | २०७६ चैत ११ | ३९,८१० | २,१२० |
१० | २०७६ चैत १० | ४१,२८२ | १,८५४ |
११ | २०७६ चैत ०९ | ३२,५५७ | १,६७८ |
१२ | २०७६ चैत ०८ | ३२,३६१ | १,६७४ |
१३ | २०७६ चैत ०७ | २९,५३५ | १,४३२ |
१४ | २०७६ चैत ०६ | २७,६७९ | १,१३४ |
१५ | २०७६ चैत ०५ | १७,७१९ | ८२८ |
१६ | २०७६ चैत ०४ | १५,५२८ | ७७९ |
१७ | २०७६ चैत ०३ | १४,१२० | ६८६ |
१८ | २०७६ चैत ०२ | ११,३५३ | ६२१ |
१९ | २०७६ चैत ०१ | १०,८९६ | ४१५ |
२० | २०७६ फागुन ३० | १६,८५३ | ६८४ |
२१ | २०७६ फागुन २९ | २,४७७ | १०५ |
२२ | २०७६ फागुन २८ | ७,२५५ | ३५३ |
२३ | २०७६ फागुन २७ | ५,०३० | २७४ |
२४ | २०७६ फागुन २६ | ३,७६९ | १८६ |
२५ | २०७६ फागुन २५ | ३,९७४ | २४४ |
२६ | २०७६ फागुन २४ | ४,०४६ | ९८ |
२७ | २०७६ फागुन २३ | ३,९१५ | ११२ |
२८ | २०७६ फागुन २२ | २,७६६ | ९४ |
२९ | २०७६ फागुन २१ | २,२८० | ९४ |
३० | २०७६ फागुन २० | २,५३४ | ७५ |
३१ | २०७६ फागुन १९ | १,९३७ | ८९ |
३२ | २०७६ फागुन १८ | २,३५८ | ५५ |
३३ | २०७६ फागुन १७ | १,८९९ | ६९ |
३४ | २०७६ फागुन १६ | १,३६६ | ५८ |
३५ | २०७६ फागुन १५ | १,३५८ | ४४ |
३६ | २०७६ फागुन १४ | ९८२ | ६२ |
३७ | २०७६ फागुन १३ | ८४५ | ७९ |
३८ | २०७६ फागुन १२ | ६०३ | १६० |
३९ | २०७६ फागुन ११ | ३८६ | ११ |
४० | २०७६ फागुन १० | १,७५३ | २०७ |
४१ | २०७६ फागुन ०९ | ६२२ | ४ |
४२ | २०७६ फागुन ०८ | ५५८ | १२५ |
४३ | २०७६ फागुन ०७ | ५०३ | ११५ |
४४ | २०७६ फागुन ०६ | १,८७८ | १३९ |
४५ | २०७६ फागुन ०५ | २,०३४ | ९८ |
४६ | २०७६ फागुन ०४ | २,१९४ | १०४ |
४७ | २०७६ फागुन ०३ | २,१४५ | १४३ |
४८ | २०७६ फागुन ०२ | ६,५१७ | १५२ |
४९ | २०७६ फागुन ०१ | १५,१४७ | २५३ |
५० | २०७६ माघ २९ | ४१९ | ५ |
५१ | २०७६ माघ २८ | २,०४० | १०० |
५२ | २०७६ माघ २७ | २,६१२ | १०७ |
५३ | २०७६ माघ २६ | ३,०३० | १०० |
५४ | २०७६ माघ २५ | २,७२९ | ८७ |
५५ | २०७६ माघ २४ | ३,५९७ | ८५ |
५६ | २०७६ माघ २३ | ३,१५९ | ७० |
५७ | २०७६ माघ २२ | ३,७४३ | ७२ |
५८ | २०७६ माघ २१ | ४,०११ | ६६ |
५९ | २०७६ माघ २० | ३,०९४ | ६४ |
६० | २०७६ माघ १९ | ४,७४९ | १०३ |
६१ | २०७६ माघ १८ | २,१११ | ४६ |
६२ | २०७६ माघ १७ | १,६९३ | ४२ |
६३ | २०७६ माघ १६ | २,०६८ | ३८ |
६४ | २०७६ माघ १५ | ५८८ | २ |
६५ | २०७६ माघ १४ | २,६५१ | ४९ |
६६ | २०७६ माघ १३ | ८०९ | २६ |
६७ | २०७६ माघ १२ | ६८४ | १४ |
६८ | २०७६ माघ ११ | ४९३ | १६ |
६९ | २०७६ माघ १० | २८७ | ८ |
७० | २०७६ माघ ०९ | ९९ | १ |
७१ | यसअघिको कूल | ५५५ | १७ |