मंसिर ०७, २०८१, शुक्रबार
               

रुपन्देहीमा अलपत्र १५० जना भारतीय नेपालको क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

भैरहवास्थित नेपाल-भारत सीमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमा र भारतीयलाई नेपालमै क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने काम सुरु भएको छ ।

भारत सरकारले सुनौली दशगजा क्षेत्रमा अलपत्र परेका ३ सय नेपालीलाई भारतको नौतनहामा क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ ।
यता नेपालले पनि नेपाली भूमिमा अलपत्र परेका भारतीयलाई क्वारेन्टाइनमा राख्न सुरु गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार नेपालमा अलपत्र परेको भारतीय मजदुरलाई क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राख्न सरकारसँग पर्याप्त भवन नभएपछि उनीहरुलाई भैरहवा स्थित प्रतिमान निमा स्मृति प्रतिष्ठानको भवनमा राखिएको छ । निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठानले क्वारेन्टाइनका लागि सरकारलाई आफ्नो भवन उपलब्ध गराएको छ ।

प्रतिष्ठानको भवनमा अहिले १ सय ५० जना भारतीय मजदुरलाई क्वारेन्टाइनमा राखिएको छ । सङ्कटमा परेका मानिसलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताउँदै प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाति थापाले भनिन- 'सङ्कटको समयमा परेका व्यक्तिका साथै राज्यलाई सहयोग गर्नु हाम्रो दायित्व हो ।'

साथै प्रतिष्ठानले जिल्ला विपद् व्यवस्थापन समितिलाई १५ सय थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । त्यहाँ क्वारेन्टाइनमा बसेकाहरूलाई चिया, नास्ताको व्यवस्था पनि प्रतिष्ठानले नै गर्ने भएको छ । प्रतिष्ठानले सन् २००३ देखि शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि