बैशाख २१, २०८१, शुक्रबार
               

दिल्लीमा एउटै भवनमा बसेका २४ मा कोरोना संक्रमण

एजेन्सी
चैत १८, २०७६

ADVERTISEMENT

भारतका राजधानी नयाँदिल्लीस्थित एकै भवनमा बसेका २४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

दिल्लीको निजामुद्दीनस्थित तब्लिजी जमात अर्थात् इस्लामिक धार्मिक केन्द्रमा रहेकाहरूमा त्यस्तो संङ्क्रमणको प्रमाणित भएको हो ।

सो केन्द्रमा रहेकाहरूको परीक्षण गर्दा २४ जनामा कोरोना पोजेटिभ पाइएको दिल्लीका स्वास्थ्यमन्त्री सतिन्दर जैनले जानकारी दिएका हुन् । भारतमा एकै भवनभित्र समूहगत रुपमा यति ठुलो संख्यामा कोरोना सङ्क्रमण पाइएको यो पहिलो हो ।

त्यो भवनबाट एक हजार ३३ जनालाई निकालिएको छ । त्यहाँका तीन सय ३४  जनालाई अस्पताल भर्ना गरिएको छ भने करिव सात सय जनालाई क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनको समयमा यसरी एकसाथ रहेको भन्दै भारतीय अधिकारी तथा सञ्चारमाध्यमहरूले उनीहरूको आलोचना गरेका छन् ।

इस्लामिक शिक्षाको संसारकै राम्रोमा पर्ने सो केन्द्रमा रहेका अरूको पनि स्वास्थ्य परीक्षण भइरहेको छ । त्यहाँ १ हजार ७ सयसम्म मानिस रहेको अनुमान गरिएको छ ।

लकडाउनको समयमा पनि मानिस भेला गरेर बसेकोले सो केन्द्रका मौलानालाई कारवाही गर्न एफआइआर दर्ताको लागि दिल्ली सरकारले प्रहरीलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्लीका स्वास्थ्यमन्त्री जैनले सो कार्यलाई अपराध भनेका छन् । प्रकोप र सङ्क्रामक ऐन लागू भएको अवस्थामा ५ जनाभन्दा बढी मेला हुन पाइँदैन । जैनले कारवाहीका लागि आफूले लिखित निर्देशन दिएको बताए ।

 


कस्तो लाग्यो ?

यो पनि