जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएकी युवतीको निधन

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी युवतीको निधन भएको छ ।

यद्यपि उनको निधन कोरोनाकै कारण भएको भनी पुष्टि भएको छैन । 

वीर अस्पतालको निर्देशक डा. केदार सेन्चुरीले उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको बताए ।
उनी भारतबाट यही साता नेपाल आएकी बताउँदै सेन्चुरीले यहाँ ल्याउदाँ युवतीलाई ज्वरो आएको र स्वास फेर्न गाह्रो भइरहेको बताए । 

‘हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका थियौँ,’ उनले भने, ‘यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’ 

सेन्चुरीले निधन हुने युवती चन्द्रागिरि नगरपालिका १५ की भएको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि