जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट विश्वभर मृत्यु हुनेको स‌ंख्या ३४ हजारनजिक, बढ्दो चपेटामा अमेरिका
संकटमा इटली र स्पेनमा, जर्मनीमा सङक्रमण तीव्र

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

विश्वव्यापी महामारीको रूप लिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबार मध्यान्नसम्म ३० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा यो भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

मृत्युको आधारमा अहिलेसम्म सबैभन्दा बढी क्षति इटालीले व्यहोरेको छ । इटलीमा १० हजार ७७९ जनाको मृत्यु भइसकेको छ । त्यहाँ ९८ हजारको हाराहारीमा सङ्क्रमण फैलिएको छ । यो बढ्ने क्रममा छ ।

त्यसैगरी अहिलेसम्म स्पेनमा ६ हजार ८०३ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजारभन्दा बढीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

नियन्त्रणनजिक पुगेको चीनमा पनि अहिलेसम्म ३ हजार ३०४ जनाको ज्यान गुमेको छ । सोमबारमात्र चार जना थपिएका हुन् । चीनमा ८१ हजारभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित छन् ।

फ्रान्स र इरानभन्दा निक्कै बढी सङ्क्रमित भएको जर्मनीमा ५४१ जनाको ज्यान गइसकेको छ । त्यहाँ ६२ हजार ४३५ जनामा सङ्क्रमणको पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट नेदरल्यान्ड्समा ७७१, बेल्जियममा ४३१ र स्विटजरल्यान्डमा ३०० जनाको मृत्यु भएको छ ।

एक हजारभन्दा बढी नागरिको मृत्यु भएको देशहरू :

क्रस देश संक्रमित मृत्यु
इटाली ९७,६८९ १०,७७९
स्पेन ८०,११० ६,८०३
चीन ८१,४७० ३,३०४
अमेरिका १,४२,७३५ २,४८८
इरान ३८,३०९ २,६४०
फ्रान्स ४०,१७४ २,६०६
बेलायत १९,५२२ १,२२८

अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका दुई सय मुलुकमा फैलिएको छ ।

यति बेलासम्ममा नेपालमा पाँच जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । त्यसमध्ये एक जना निको भइसकेका छन् । ४ जनाको उपचार जारी छ । अहिलेसम्म ९७१ जनाको कोरोना परीक्षण गरिएकोमा ५ जनाबाहेक सबैलाई कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएको हो ।

खुला सीमाना रहेको दक्षिणको छिमेकी भारतमा कोरोनाबाट २९ जनाको मृत्यु भएको छ । त्यहाँ एक हजार ७१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

सार्क सदस्य मुलुकहरूमध्ये पाकिस्तानमा सबैभन्दा बढीमा सङ्क्रमण देखिएको छ । पाकिस्तानमा १ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ १८ जनाको मृत्यु भइसकेको छ ।

नेपाल, माल्दिभ्स र भुटानबाहेक सार्कका पाँचवटै मुलुकले मानवीय क्षति व्यहोरिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि