जेठ ०८, २०८१, मंगलबार
               

सामान्य बिरामीको उपचार नगरी फिर्ता गरे अस्पताललाई कारबाही

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

काठमाडौं । अब निजीलगायत अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काए कारबाही हुने भएको छ । 

अस्पतालले कोरोनाको आशंकामा ज्वरो आएका बिरामीलाई पनि फर्काउने गरेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अब आइन्दा त्यस्तो गरेको पाइए कारबाही गर्ने बताए । 

उनले सरकारी गैरसरकारी र सामुदायिक सबै अस्पतालले यो महामारीको घडीमा आफ्नो दायित्व बुझ्नुपर्ने बताए । साथै,  देवकोटाले यस्ता अस्पतालविरुद्ध कडा कदम चाल्न नपरोस् भन्दै चेतावनीसमेत दिएका छन् ।

संक्रमणकालीन अवस्थामा गरिने नियम हेरेर हामीले काम गरिरहेको बताउँदै उनले कम्तिमा बिरामी नफर्काइ मन्त्रालयले तोकेको नियमअनुसार उपचार गर्न आग्रह गरेका छन् ।

देवकोटाले सरकारले तोकेका कोरोना विशेष अस्पतालहरु, हब अस्पताल, प्रादेशिक अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले अनिवार्य रुपमा ज्वरो क्लिनिक र आकस्मिक सेवा दिनुपर्ने बताए ।

‘त्यसबाहेक अन्य अस्पतालले पनि आकस्मिक स्वास्थ्य सेवा यथारुपमा सञ्चालन गर्नुपर्नेछ,’ उनले भने, ‘कुनै पनि अस्पतालले आकस्मिक सेवा लिन आएका बिरामीलाई अब फर्काउनुहुने छैन भन्ने विश्वास गरेका छौँ ।’ 

यो पनि