जेठ ०९, २०८१, बुधबार
               

कति दिन थपिन्छ लकडाउन ?

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले सात दनिदेखि बढीमा १४ दिन लकडाउन थप्ने थप्ने निर्णय गरेको छ ।

 उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उक्त समितिको आइतबार बसेको बैठकलेले लकडाउन सातदेखि १४ दिनसम्म थप्ने निर्णय गर्दै मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो। 

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । 

सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । 

तर कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो ।  

आजै ४ बजे मन्त्रिपरिषद बैठक बस्नेछ । मन्त्रिपरिषद बैठकले यसबारे आवश्यक निर्णय सार्वजनिक गर्नेछ । 

नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि