
कोरोना भाइरसको खतराबाट बच्न भारतीय अभिनेता अक्षय कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको 'पीएम-केयर्स फन्ड'मा २५ करोड भारतीय रुपैयाँ अर्थात नेपाली ४० करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।
अक्षयले विपद् वा अरु बेलामा यस्तो सहयोग गर्दैआएका थिए । उनले कोरोनाविरुद्ध लड्न भारत सरकारलाई सहयोग पुर्याएका हुन् । अक्षयले बाढीपीडित वा सामाजिक मुद्दा र शहीद परिवारहरूलाई यसअघि पनि करोडौँ रुपैयाँ सहयोग गरेका थिए ।