मंसिर ०७, २०८१, शुक्रबार
               

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना परीक्षण सुरु हुँदै

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कारोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ ।

प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरी प्रयोगशाला स्थापना गरिएको हो । 

स्थापित प्रयोगशालामा आइतबारदेखि कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब परीक्षण हुने प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माले जानकारी दिए ।  

कोरोना भाइरसको आशंका गरिएका बिरामीको भोलिदेखि प्रतिष्ठानमा तयार भएको ल्याबबाट स्वाब परीक्षणको कार्य सुरु हुनेछ शर्माले जानकारी दिए । साथै, उनले त्यसका लागि आवश्यक तयारी पूरा भएको बताए । 

अहिलेसम्म कोरोना संक्रमणको परीक्षण काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुँदै आएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि