बैशाख २५, २०८१, मंगलबार
               

अनुमप खेरको आमाले गरिन् मोदीको चिन्ता

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

भारतका चर्चित कलाकार अनुपम खेरकी आमा दुलारी खेरले कोरोना भाइरसको सङ्क्रमणबाट सिङ्गो गुज्रिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चिन्ता व्यक्त गरेकी छन् ।

६५ वर्षीय अनुपमले सोसल मिडियामा आमाको सन्देश शेयर गरेका हुन् । जसमा प्रधानमन्त्री मोदी १३० करोड भारतवासीका लागि चिन्ता गरिरहेकोमा मोदीको हेरचाहप्रति चिन्ता व्यक्त गरिएको छ ।

अनुपम खेरले भनेका छन्- 'आदरणीय नरेन्द्र मोदीजी, देशभरका आमाहरूले जस्तै मेरी आमा पनि तपाईँको स्वास्थ्यको लागि चिन्तित हुनुहुन्छ । मेरो आमा पनि तपाईँको स्वास्थ्यको लागि चिन्तित हुनुहुन्छ । तपाईँ १३० करोड देशवासीको लागि चिन्तित हुनुहुन्छ। तर कसले तपाईँको हेरचाह गरिरहेको छ । आमाले पनि यो कुरा भन्नुभएको छ । कृपया तपाईँको ख्याल राख्नुहोस् । हामी सबै पनि हातेमालो गर्दै छौँ।'

यो पनि