बैशाख १७, २०८१, सोमबार
               

कोभिड–१९ लाई उहान भाइरस नामांकरण गर्ने अमेरिकाको प्रयास असफल

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

अमेरिकाको कोरोना भाइरसलाई उहान भाइरस नामांकरण गर्ने प्रयास असफल भएको छ । 

कोभिड–१९ विरुद्ध जी–७ राष्ट्रका विदेशमन्त्रीबीच बुधबार सम्पन्न बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्ने अमेरिकाको प्रयास असफल भएको हो । 

अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा कोभिड–१९ लाई ‘उहान भाइरस’ शब्द राख्नका लागि अन्य देशका विदेश मन्त्रालयलाई मनाउन खोजेको, तर अन्य देशले असहमत हुँदा अमेरिकाको यो रणनीति असफल भएको हो । 

अमेरिकाले जे संकेत गर्‍यो कि त्यो रेडलाइन भन्दै आफूहरुले अस्वीकार गरेको एक युरोपेली कूटनीतिज्ञले बताए । उनले भने, ‘यस भाइरसको यस किसिमको ब्रान्डिङसँग समेत हुन र त्यसलाई फैलाउने प्रयासमा सहमत हुन सकिँदैन ।’ 

अमेरिकाले प्रस्ताव गरेको विज्ञप्तिको मस्यौदामा पनि चीनलाई महामारी फैलाएकोमा गाली गरिएको भन्दै ती कूटनीतिज्ञलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । 

विश्व स्वास्थ संगठनले यस रोगलाई कोभिड–१९ वा कोरोना भाइरस नाम दिएको छ, अमेरिकाले जी–७ राष्ट्रका विदेशमन्त्रीसामु प्रस्तुत गरेको १२ अनुच्छेद लामो विज्ञप्तिको मस्यौदामा भने यसलाई ‘उहान भाइरस’ लेखिएको छ ।

बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा समावेश जी ७ राष्ट्रको अध्यक्ष अमेरिका हो । यो सस्थामा अध्यक्ष राष्ट्रले नै संयुक्त विज्ञप्तिलाई अन्तिम दिने प्रचलन छ । 

तर, जी–७ को संयुक्त विज्ञप्ति भने निस्केको छैन । संयुक्त विज्ञप्ति निस्कन नसकेपछि सदस्य राष्ट्रले आफ्ना विदेशमन्त्रीमार्फत अलग विज्ञप्ति निकालेका छन् । जी– बैठकबारे फ्रान्सले निकालेको विज्ञप्तिमा अहिलेको महामारीलाई ‘कोभिड–१९' भनिएको छ । 


कस्तो लाग्यो ?

यो पनि