जेठ ०७, २०८१, सोमबार
               

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका अन्य पनि क्वारेनटाइनमा

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकी युवतीसँगै आएका दुई युवालाई क्वारेनटाइनमा पठाइएको छ । 

सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाएको हो । 

सामाजिक सञ्जालमा क्युआर ६५२ उडानबाट कोरोना भाइरस संक्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि प्रदेश सरकारको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो । 

सामाजिक सञ्जालमा यस प्रकारको चर्चापछि प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा दुवै युवालाई क्वारेन्टाइन पठाइएको हो । 

त्यसैगरी, उक्त विमानमा आएका सिन्धुपाल्चोकाका तीनजनालाई क्वारेन्टाइनमा राखिएको छ । मंगलबार यात्रुको विवरण सार्वजनिक भएपछि  सिन्धुपाल्चोकका पनि तीनजना रहेको खुलेपछि उनीहरुलाई पनि क्वारेनटाइनमा पठाइएको हो । 

 


कस्तो लाग्यो ?

यो पनि