जेठ ०४, २०८१, शुक्रबार
               

तीन दिनभित्र आवश्यक उपकरण ल्याइसक्छौँ : मन्त्री ढकाल

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस नियन्त्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिनभित्र ल्याइसक्ने बताएका छन् । 

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले यस्तो बताएका हुन् । ‘सरकारले कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने तयारी गरेको छ,’  मन्त्री ढकालले भने, ‘ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउँछौँ ।’

चीनबाट ल्याइएका उपकरण तथा अन्य सामान सम्बन्धित ठाउँमा पठाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिनेगरी समिति गठन गरिएको उनले बताए ।

त्यस्तैगरी मन्त्री ढकालले सरकारले बुधबारबाट धरानको बिपी कोइराला अस्पतालमा कोरोना परीक्षणका लागि ल्याब सञ्चालनमा ल्याएको र त्यस्तो ल्याब सातै प्रदेशमा विस्तार गर्ने तयारी गरेको जानकारी दिए । 

यो पनि