जेठ ०४, २०८१, शुक्रबार
               

संक्रमित युवक युएईबाट आएका थिए : स्वास्थ्यमन्त्री

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपालभित्र कोरोना सङ्क्रणको पुष्टि भएको तेस्रो व्यक्ति युएईबाट नेपाल आएको स्वास्थ्यमन्त्रीले जानकारी गराएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज बुधवार डिजिटल प्रेस व्रिफिङ गर्दै ती युवक चैत ६ गते युएईबाट काठमाडौँ आएको बताए । उनले ३२ वर्षका ती युवक धादिङ जिल्लाको भएको जानकारी गराए ।

ती युवक काठमाडौँ आएर एक होटेलमा बसेका थिए । अस्वस्थ भएपछि हिजो मङ्गलवार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका उनीमा संक्रमण भेटिएको मन्त्री ढकालले खुलाएका छन् ।

मन्त्री ढकालले संङ्क्रमित जो जहाँ छौँ, त्यही बसेर सरकारलाई सहयोग गरौँ भन्दै सबैमा आग्रह पनि गरेका छन् । उनले कोरोनाविरुद्धको सरकारी प्रयासमा सहयोग पुर्‍याउन अपिल पने गरे ।

मन्त्री ढकालले चीनले कोरोना संङ्क्रमणविरुद्ध लडन चिकित्सकीय सामग्री उपलब्ध गराउने जानकारी दिँदै ती सामग्री तीन दिनभित्र आइपुग्ने बताए । उनले ती सामग्री सबै स्थानीय तहमा पुर्‍याउने योजना पनि सुनाए ।

(* मन्त्री ढकालले कतारबाट आएको बताए पनि पछि स्वास्थ्य मन्त्रालयले सच्याएकोले पुरानो समाचार सच्याइएको छ । - सम्पादक )

 


कस्तो लाग्यो ?

यो पनि