असोज ०६, २०८१, आइतबार
               

एपिएफले कोरोना अस्पताल बनाउन प्रक्रिया अघि बढयो

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

सशस्त्र प्रहरी बल (एपिएफ) ले डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया अघि बढाएको छ । 

अस्पताल निर्माणका लागि बजेटलगायतको आवश्यक व्यवस्थापन स्वास्थ्य मन्त्रालय गर्ने गरी अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको एपीएफका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले बताए । 

श्रेष्ठले सशस्त्र प्रहरी  तालिम शिक्षालयको ठाउँमा कोरोना अस्पताल निर्माण कार्य अघि बढाइएको जानकारी दिए । 

मंगलबार स्वास्थ्य  मन्त्री भानुभक्त ढकालको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखसहितको निरीक्षणले स्वीकृति दिएपछि काम थालनी भएको श्रेष्ठले बताए । 

‘अहिले अस्पताल बन्ने स्थानमा रहेको संरचना खाली गराउने काम भइरहेको छ,’ प्रवक्ता प्रवीन कुमार श्रेष्ठले भने, ‘त्यहाँ रहेको ९ नम्बर बाहिनीलाई  सानो गौचरन र कुकुर शाखालाई भक्तपुर सार्ने काम भइरहेको छ । यस्तै, एपिएफ कमान्ड स्टाफलाई  मातातीर्थमा सार्ने काम सुरु गरिएको छ ।’ 

श्रेष्ठले यस्तो हस्पिटल माहमारी रोकथामपछि डिस्पोजल गर्नुपर्ने भएकोले अहिले भइरहेको सतुंगलस्थित हस्पिटललाई पनि कुनै  न कुनै रुपमा  प्रयोगमा ल्याउने गरी निर्माण कार्य थालिएको बताए । 

यसअघि सरकारले कोरोना संक्रमित व्यक्तिहरुको उपचारका लागि सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताललाई मुख्य अस्पतालका रुपमा तोकेको थियो । 

यो पनि