असार ०२, २०८१, शनिबार
               

खाडी मुलुकबाट आएका थिए कोरोना सङ्क्रमित तेस्रो व्यक्ति

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

कोरोना सङ्क्रमण भएका तेस्रो व्यक्ति खाडी मुलुकबाट फर्किएको खुलेको छ ।

उनको टेकुस्थित राष्ट्रिय जनप्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो ।

हिजो मङ्गलवार नै उनलाई कोरोना सङ्क्रमण भएको परीक्षणबाट देखिएको थियो । तर प्रयोगशालाले आज बुधवार पुन परीक्षण गरेको प्रयोगशालाका सूचना अधिकृत राजेश गुप्ताले जानकारी दिए ।

उनी कहिले र कुन विमानबाट नेपाल आएका थिए भन्ने खुलेको छैन । ती सङ्क्रमितको टेकु अस्पतालको आइसोलेशन कक्षमा उपचार जारी छ ।

नेपालमा सङ्क्रमितको सङ्ख्या ३ पुगे पनि एक जना उपचारपछि निको भइसकेका छन् । चीनको वुहानबाट फर्किएका उनको परिवारमा पनि सङ्क्रमण भेटिएको छैन ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा तीन जनालाई पोजेटिभ देखिएको हो ।

चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि