नेपालमा बुधबार नयाँ कोरोना भाइरस संक्रिमत भेटिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।
सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । बुधबार तेस्रो संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेकाे छ ।