जेठ ०८, २०८१, मंगलबार
               

त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलगायत कर्मचारीलाई अनिवार्य परिचयपत्र लगाउन निर्देशन

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडाैं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले अस्पतालमा कार्यरत नर्स, चिकित्सकलगायत कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको छ । 

अस्पतालले मंगलबार विज्ञप्ति जारी सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी काममा आउने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’ गरिसकेको अवस्थामा अस्पतालमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने बताए । 

लकडाउनको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको परिचयपत्र मात्र लगाउनुपर्ने भए पनि प्रशासनसँग त्रिवि शिक्षण अस्पतालले समन्वय गरेकाले आफ्नो अस्पतालको परिचयपत्र अनिवार्य लगाउन म सबैमा अस्पतालले सबैमा अनुरोध गरेको छ ।

यो पनि