काठमाडौं । टेकु अस्पताका निर्देशक डा. सागरराज भण्डारीले अस्पतालमा सुरक्षाकर्मीको आवश्यकता भएको औँल्याएका छन् ।
कोरोना भाइरसको आशंका गरिएका बिमारी आफूखुसी निस्किन थालेपछि अस्पताललाई सुरक्षाकर्मीको आवश्यकता भएको उनले बताए । शुक्रबार मात्र अस्पतालबाट कोरोनाको आशंका गरिएका एक ब्रिटिस नागरिक आइसियूकक्षबाटै निस्किएरका उनले बताए ।
उनले ब्रिटिश नागरिकलाई बस्न आग्रह गर्दागर्दै पनि उनी निस्किएर उनी हिँडेको बताए । उनले विदेशी नागरिकलाई गत सोमबारमात्र आइसियूमा भर्ना गरिएको बताए ।
निर्देशक भण्डारीले बिमारीलाई काउन्सिलिङको पनि आवश्यकता रहेको बताए । उनले बिमारीहरू अहिलेको अवस्था देखेर आत्तिने गरेको भन्दै उचित काउन्सिलिङमा जोड दिनुपर्ने बताए ।
यद्यपि उनले हस्पिटलबाट बाहिरिएका ब्रिटिश बिरामी पुनः हस्पिटल फर्केर आएको बताए ।