मंसिर ०७, २०८१, शुक्रबार
               

भरतपुर महानगरको अगुवाइमा बहत्तर घन्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । चितवनमा बहत्तर घन्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने भएको छ । 

भरतपुर महानगरको अगुवाइमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल निर्माण गर्ने निर्णय भएको हो । 

भरतपुर महानगरपालिकाको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

बैठकले १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको हाई डिपेन्डेन्ट युनिट (एचडियू) र ५० श्ययाको सामान्य श्यया ७२ घन्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको छ । 

कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीले अस्पताल सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाहरुलाई कामको जिम्मेवारीसमेत दिइएको बताएका छन् । 

उनले अस्पतालको जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी र आवश्यक पूर्वाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग संघ चितवनलाई बैठकले जिम्मेवारी दिएको जानकारी दिए । 

कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्की, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लाका ठूला अस्पताल, निजी अस्पताल, उद्योग संघ र उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी रहेका छन् । 

यो पनि