जेठ ०४, २०८१, शुक्रबार
               

जमुनाह हेल्थ डेस्कमा लापरवाही

रासस
चैत ०२, २०७६

ADVERTISEMENT

नेपालगन्ज । बाँकेको नेपाल—भारत मुख्य सीमानाका जमुनाहमा सञ्चालित कोरोना हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको नाम र  संख्याको विवरण राख्न लापरवाही भएको पाइएको छ । 

यहाँका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले शनिबार गरेको अनुगमनमा त्यस्तो भएको पाएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले दुई जना स्वास्थ्य कर्मचारीसहित स्थापना गरेको सो डेस्क व्यवस्थित नभएको देखिएपछि अनुगमन टोलीका सदस्य उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले स्वास्थ्यकर्मीलाई जाँच गरिएका सबैको विवरण  राख्न निर्देशन दिए । 

प्रमुख जिल्ला अधिकारी खड्काले शंकास्पद व्यक्ति पाइएमा  भेरी अस्पतालमा तत्काल पठाउन निर्देशन दिदै हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्था समेत गरेको जानकारी दिए । 

यसैबीच, कोरोना भाइरसको कारण हुनसक्ने असहजता तथा सीमा क्षेत्रको समस्याका बारेमा छलफल गर्न बर्दियाको ठाकुरद्वारामा नेपाल भारत संयुक्त  बैठक बस्ने भएको छ ।

बैठकमा नेपालको बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी तथा भारतको बहराईच, श्रावस्ती लगायतका जिल्लाका अधिकारीहरूको सहभागिता रहने प्रजिअ खड्काले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि