जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना भाइरसबाट बँच्न भन्दै सामूहिक गाईको मूत्र सेवन

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

कोरोना भाइरसबाट सुरक्षित रहन भन्दै भारतमा एक हिन्दु महासभामा गाईको मूत्र सेवन गरिएको छ। हिन्दू धर्मावलम्बीका अनुयायीहरूले शनिबार एक पार्टी आयोजना गरी गाईको मूत्र सेवन गरेका थिए। 

अखिल भारत हिन्दू महासभाले उक्त पार्टीको आयोजना गरेको थियो। पार्टीमा २ सय हिन्दू धर्मवालम्बीहरुले गाईको मूत्र पिएका थिए ।उनीहरूले यस्तो कार्यक्रम मुलुकका अन्य भागमा पनि गरिने जनाएका छन्। 

पार्टीमा आयोजित सहभागी ओमप्रकाश भन्छन, ‘गोमुत्र २१ वर्षदेखि पिइरहेका छौँ, हामी गोबरमा पनि नुहाउँछौँ। अहिलेसम्म अन्य औषधि सेवन गर्न गरेको छैन।' 

कोरोना भाइरसबाट सुरक्षित रहन भन्दै गौमूत्र सेवन गर्ने समयमा अखिल भारतीय हिन्दु युनियनका अध्यक्ष चक्रुपाणि महाराजले फोटो खिच्न लगाएका थिए। 

प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका नेताहरुले गाईको मुत्र क्यान्सरको औषधि हुने भनी प्रचार प्रसार गरिरहेका छन्। उत्तरपूर्वी राज्य असमका एक नेताले यसै महिनाको राज्य सभामा गौमूत्र र गोबर कोरोना भाइरसको उपचारको लागि प्रयोग गर्न सकिने बताएका थिए।

धेरैले यसलाई औषधिको रुपमा विश्वास गरेकोले मूत्र सेवन गर्छन्। विज्ञका अनुसार गोमूत्रले क्यान्सर जस्ता रोग निको पार्दैन र कोरोना भाइरसलाई रोक्नको लागि यसले केही सहयोग नगर्ने बताएका छन्।


कस्तो लाग्यो ?

यो पनि