जेठ ०४, २०८१, शुक्रबार
               

स्थानीय तथा प्रदेशका स्वास्थ्यका कर्मचारीलाई सरकारले तान्ने

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

काठमाडौं  । कर्मचारी समायोजनबाट प्रदेश तथा स्थानीय तहमा पुगेका स्वास्थ्य सेवाका कर्मचारीलाई संघीय सरकारले अनुकूल हिसाबले जुनसुकै ठाउँमा परिचालन गर्ने बताएको छ । 

नोबल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यका कर्मचारी परिचालन गरिने निर्णय उच्चस्तरीय समितिको बैठकले गरेको हो। 

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गठित समितिले कोरोना नियन्त्रणका स्थानीय तथा प्रदेश तहअन्तर्गत खटिएका स्वास्थ्यकर्मीलाई संघमातहत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले तानेर काम लगाउन सक्ने निर्णय गरेको हो। 

तर, कर्मचारीलाई संघमा ल्याउँदै गर्दा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गर्ने पनि निर्णय भएको छ। 

स्वास्थ्य मन्त्रालयअन्तर्गतका स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले विश्वव्यापी महामारीको असर नेपालमा पनि देखिन सक्ने रहेको बताए। उनले यसका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने भएकाले स्थानीय तथा प्रदेशका कर्मचारीलाई संघीय मन्त्रालय तथा विभागले तानेर खटाउन सक्ने व्यवस्था भएको जानकारी दिए।

‘समायोजनले गर्दा हाल संघअन्तर्गत धेरै स्वास्थ्यकर्मी छैनन्। अब हरेक नाकामा स्वास्थ्यकर्मी राख्नु पर्ने अवस्था आइसकेको छु, उनले भने, 'यसरी स्वास्थ्यकर्मीलाई संघअन्तर्गत तान्दा भोलि आवश्यक परेका ठाउँमा पठाउन सकिन्छ।'

अप्ठ्यारो परिस्थिति आए विभिन्‍न मेडिकल कलेजमा पढ्दै आएका चिकित्सक विद्यार्थी तथा स्वयंसेवकलाई परिचालन गर्ने विवरण तयारी गर्न शिक्षा मन्त्रालयसँग समन्वय गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिइएको छ।

यो पनि