जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमित ७० हजार मानिस घर फर्किए

एजेन्सी
चैत ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले उग्ररूप लिएको छ ।

यस्तै, विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वभर कोरोना भाइरस फैलिएका देशको संख्या १२३ नाघेको जनाएको छ ।

हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् भने चार हजार ९४७ जनाको मृत्यु भएको छ । 

कोरोना सङ्क्रमित भएकामध्ये ७० हजारभन्दा बढी निको भएर घर फर्किएको बताइएको छ । ती मध्ये अझै पाँच हजारभन्दा बढी सङ्क्रमितबाट उच्च जोखिममा छन् ।

पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् ।

कोरोना फैलिएको स्थान वुहानमा पुगेर चीनका राष्ट्रपति सी चिनफिङले चीन कोरोना संकटबाट माथि उठेको सन्देश दिइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि