बैशाख २०, २०८१, बिहीबार
               

सार्क मुलुकलाई कोरोनाविरुद्ध लड्न मोदीको आह्वान

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न सार्क सदस्य राष्ट्रलाई आह्वान गरेका छन् ।

शुक्रबार माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत उनले यस्तो आह्वान गरेका हुन् । 

‘कोरोना भाइरसविरुद्ध लड्न गतिलो रणनीति निर्माणका लागि म सार्क राष्ट्रहरुसँग प्रस्ताव गर्दछु,’ ट्विटमा उनले भनेका छन्, ‘हामी हाम्रा नागरिकको सुरक्षाका लागि उपाय खोज्न सार्क सदस्य राष्ट्रका प्रमुखबीच भिडियो कन्फ्रेन्स गर्न सक्छौँ ।’ 

साथै मोदीले कोरोना भाइरसविरुद्ध एकसाथ लडेर सार्क राष्ट्रले गतिलो उदाहरण दिन सक्नुपर्ने मत राखेका छन् ।

धर्तीलाई स्वस्थ राखिराख्ने अभियानमा सार्क राष्ट्रले उदाहरणीय काम गर्न सक्नेमा उनले जोड दिएका छन् ।

‘हाम्रो धर्ती अहिले नोबेल कोरोना भाइरसविरुद्ध संघर्ष गरिरहेको छ,’ मोदीले ट्विटमा भनेका छन्, ‘सरकारदेखि जनताको तहसम्म धेरै तरिकाले हामी कोरोना भाइरविरुद्ध मोर्चाबन्दी गर्न जुट्नुपर्छ ।’ 

विश्व जनसंख्याको महत्वपूर्ण हिस्सा दक्षिण एसियामा रहेको बताउँदै मोदीले ट्विटमा यहाँका जनतालाई स्वस्थ राखिराख्न सार्क सदस्य राष्ट्रले कुनै पनि कसर बाँकी राख्न नहुने बताएका छन् । 

१९ औँ शिखर सम्मेलन पाकिस्तानमा हुने भनिए पनि भारत र पाकिस्तानबीचको टकरावका कारण  सार्क शिखर सम्मेलन हुन सकिरहेको छैन । 

जसका कारण सार्क प्रायः निष्क्रियजस्तै छ । तर, नोबेल कोरोनाले विश्वभर भयभव रुप लिइरहेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत सार्क संगठन सम्झिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि