बैशाख २२, २०८१, शनिबार
               

इटालीमा रोकिएन कोरोना संक्रमण, १००० भन्दा बढीको मृत्यु

एजेन्सी
फागुन ३०, २०७६

ADVERTISEMENT

एजेन्सी । इटालीमा कोरोनाभाइरसको संक्रमण भयावह रुपमा फैलदै गएको छ ।

कोरोना नियान्त्रणको लागि सरकारले अनेक प्रयास अबलम्वन गरे पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।

कोरोना भइरस संक्रमणको कारण इटालीमा ज्यान गुमाउनेको संख्या एक हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण इटालीमा १८९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई साताभित्र इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १०१६ पुगेको छ ।

इटलीमा कोरोना संक्रमित बिरामीको संख्या २६५१ पुगेको छ ।

दक्षिण केरियामा पछिल्लो २४ घण्टामा थप ११४ जना मानिसमा कोरोना भाइरस संक्रमण भएको बताइएको छ । योसँगै दक्षिण कोरियामा संक्रमितको संख्या ७,८६९ पुगेको छ ।

दक्षिण कोरियामा पछिल्लोपटक कोरोना संक्रमित थप पाँच जनाको मृत्यु भएको छ । यसका साथै दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि