बैशाख १७, २०८१, सोमबार
               

बिपी प्रतिष्ठानमा 'हेल्प डेस्क'

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

धरान । कोरोना संक्रमण बिरामीको पहिचानका लागि  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।प्रतिष्ठानका निर्देशक प्राडा गौरीशंकर साहको नेतृत्वमा १२ सदस्यीय ‘र्यापिड रेस्पोन्स टिम’ बनाएको थियो ।

सो भाइरस संक्रमण हुन नदिन र संक्रमित भेटिए उपचार गर्न बिहीबार सो डेस्क स्थापना गरिएको निर्देशक प्रा.डा. साहले जानकारी दिए । 

उनले प्रतिष्ठानमा विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर  सेवा लिन आउने बिरामीलाई डेस्कले समन्वय गरी सहयोग गर्ने जानकारी दिए ।

भाइरसको संक्रमण देखिएका बिरामीलाई ‘आइसोलेशन वार्ड’मा राखिने प्रतिष्ठानले जनाएको छ । यसका लागि प्रतिष्ठानमा १० वटा श्यया र तीन सघन उपचार कक्ष छुट्याएको छ । 

चिकित्सकका लागि व्यक्तिगत सुरक्षाका सबै सामग्री उपलब्ध गराएको छ ।

सो वार्डका बिरामीको उपचारका लागि चिकित्सकका लागि एम ९५ मास्क, गाउन, चस्मा, थर्मो स्केललगायत सुरक्षाका सामग्री व्यवस्थापन गरिएकोे प्रा.डा. साहले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि