बैशाख २२, २०८१, शनिबार
               

दुई फुटबलरलाई पनि कोरोना भाइरसको पुष्टि

एजेन्सी
फागुन २९, २०७६

ADVERTISEMENT

एजेन्सी । युरोपका दुई फुटबलरलाई पनि कोरोना भाइरस भएको पुष्टि भएको छ ।

इटालियन महारथी युभेन्ट्सका रक्षक ड्यानियल रुगानी र जर्मन दोस्रो डिभिजन क्लब हानोभर ९६ का रक्षक टिमो हुवर्सलाई कोरोना भाइरसको संक्रमण स्वास्थ्य परिक्षणबाट क्लबले पुष्टि गरेको छ ।

युभेन्ट्सले ड्यानियलको स्वास्थ्य परीक्षण गरेपछि उनमा कोरोना भएको प्रेस विज्ञप्तीमार्फत स्पष्ट पारेको छ ।

२५ वर्षीय ड्यानियलको स्वास्थ्यमा समस्या देखिएपछि तत्काल परीक्षण गरिएको थियो ।

क्रममा उनमा कोरोनाको संक्रमण पत्ता लागेको हो । ड्यानियल बुधबार पनि टोलीको प्रशिक्षणमा सामेल थिए ।

यस घटनापछि युभेन्ट्सले टोलीका अन्य खेलाडी र कर्मचारीको पनि स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ ।

यसैगरी हानोभरका २३ वर्षीय टिमोलाई गत शनिबारनै कोरोना भएको क्लबले पुष्टि गरेको छ ।

हानोभर बुन्डेस लिगको दोस्रो डिभिजन क्लब हो । टिमेलाई कोरोनाको संक्रमणको शंका लागेपछि तत्काल अस्पताल लगिएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि