एजेन्सी । नायक टम ह्यान्क्स र उनकी श्रीमती रिटा विल्सनलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।
अष्ट्रलियाको क्विन्सल्याण्डमा बस्ने ६३ वर्षका ह्यान्क्स र विल्सनले उक्त कोरोनाको लक्षण देखिएपछि स्वास्थ्यकर्मीको सल्लाह लिएको जानकारी इन्स्टाग्राममार्फत् दिएका छन् ।
अब उनीहरूले आफ्नो समय छुट्टै बसेर व्यतित गर्ने जानकारी दिएका छन् ।
ह्यान्क्स एल्भिस पर्सलेको जीवनमा आधारित फिल्मको कामका लागि गोल्ड कोस्टमा थिए ।
बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषित गरेको छ ।