जेठ ०४, २०८१, शुक्रबार
               

सरकारले कोरोना प्रभाव कम गर्न उच्च सतर्कता अपनाउने

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

विश्वभर फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार बोलाएको कोरोना भाइरसको बढ्दो संक्रमणबारे सर्वदलीय छलफलमा यस्तो जानकारी गराईएको हो । कोरोना भाइरसको रोकथाममा सरकारको तयारी कमजोर रहेको भन्दै आलोचना भइरहेका बेला पोखरेलले सर्वदलीय बैठक राख्दै सरकारको तयारी बारेमा जानकारी गराएका हुन् ।

छलफलमा कोरनाको संक्रमण फैलन नदिन अपनाउनु पर्ने सरकारबो पूर्वसतर्कता तयारीबारे जानकारी गराईएको र सुझाव लिइएको स्वास्थमन्त्री भानुभक्त ढकालले बताए । कोरना संक्रमण भएका देशबाट आउने यात्रु नेपाल प्रबेश गर्दा निगरोगिताको प्रमाणपत्र चाहिने, तथा करेन्टाइनटानमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिने समेत ढकालले बताए ।

साथै विमानाथल र विभिन्न नाकाबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ चेकजाँच व्यवस्थित गर्ने तयारी रहेको छलफलमा जानकारी गराएको मन्त्री ढकालले जानकारी दिए ।

छलफलमा आफूहरुले कोरोना संक्रमणबाट बच्चनका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई सुझाव दिएको कांग्रेसबाट सहभागी नेता गगन थापाले बताए । अहिलेसम्म नेपालको सुखद अवस्था भए पनि इरानको जस्तो एकैपटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने बारेमा ध्यानाकर्षण गराएको उल्लेख गरे ।

काठमाडौँका निजी तथा सरकारी सबै अस्पतालमा आईसीयू वार्ड बढाउने, सीमामा चेक जाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमतालगायत बढाउने काम तत्काल थाल्न सरकारलाई सुझा दिएको उनले बताए । 

कोरोना भाइरस भित्रिन नदिन अपनाउनुपर्ने सजगता नअपनाएको, भित्रिएमा हुनसक्ने जोखिमको तयारी नगरेको, स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा नराखेको भन्दै सरकारको आलोचना भइरहेको छ । आलोचना बढेपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले बैठक बोलाएका हुन्  । 


कस्तो लाग्यो ?

यो पनि