बैशाख ११, २०८१, मंगलबार
               

किन भरिन्छ पेटमा ग्यास ?

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

पेटमा जति धेरै ग्यास भरिन्छ, उति मात्रामा ग्यास निस्कने हो । खानपानकै कारण पेटमा ग्यास उत्पादन हुन्छ । खानपानमा ध्यान दिने हो भने ग्यास भरिने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
कारण

  • खाना हतारमा खानुहुन्छ भने अबदेखि बिस्तारै खाने गर्नुहोस् । हतारमा खाना खानेहरूमा एसिडको मात्रा बढ्ने र यसले गर्दा पेटमा ग्यास भरिने समस्या हुन्छ ।
  • राति अबेरसम्म नसुत्ने र बिहान धेरै बेरसम्म सुत्नेहरूमा ग्यास भरिन्छ ।
  • धेरै तनावमा रहनेहरूमा डाइजेस्टिभ इन्जाइम्सको सिक्रिसन कम हुन्छ । यसले ग्यास भरिने समस्या बढ्न जान्छ ।
  •  निरन्तर कुर्सीमा बसेर काम गर्नेहरूमा राम्रोसँग खाना डाइजेस्ट हुँदैन । उनीहरूमा पनि ग्यास भरिने समस्या हुन्छ ।

यी खानेकुराबाट रहनुस् टाढा 

दूध : दूध धेरै खानेहरूको पेटमा ग्यास भरिन्छ । दूधमा पाइने लेक्टोज डाइजेस्ट हुन धेरै समय लाग्छ र ग्यास भरिन्छ ।
गोभी : फूलगोभीमा रेफिनोजको मात्रा अधिक हुन्छ । यो खानाले ग्यास धेरै मात्रामा बढाउँछ ।
स्याउ :  फलफूल खानेहरूमध्ये धेरैले स्याउ पनि अधिक मात्रामा खान्छन् । तर, धेरैलाई थाहा छैन, स्याउ डाइजेस्ट हुनका लागि धेरै समय लाग्छ र ग्यास उत्पादन भई पेट भरिन्छ ।

आलु : धेरै आलु खानेहरूमा ग्यास भरिने समस्या अधिक मात्रामा हुन्छ । यसमा स्टार्चको मात्रा अधिक हुने भएकाले ग्यास पनि उत्तिकै उत्पन्न हुन्छ ।
राज्मा : राज्मा हामी तरकारीको रूपमा खान्छौँ । तर, अरू दालको तुलनामा राज्माबाट ग्यास उत्पादन बढी मात्रामा हुन्छ । राज्मा डाइजेस्ट हुनका लागि धेरै समय लाग्ने भएकाले ग्यास उत्पादन बढी मात्रामा हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि