जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाभाइरसबाट बच्ने आठ उपाय

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको ८० भन्दा बढी देशमा फैलिसकेको छ ।

संसारभरका मानिस कोरोनाभाइरसको त्रासमा छन्, अहिले । चिकित्सकका अनुसार केही कुरामा विशेष ध्यान दिने हो भने, कोरोनाभाइरसबाट बच्न सकिन्छ ।

१. कोरोनाभाइरसबाट बच्नको लागि हाइजिन बनाइराख्न आवश्यक छ । आफू बस्ने वरिपरि सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । मास्क प्रयोग गर्नुहोस् र समय समयमा साबुन पानीले हात धुनुहोस् ।

२. हात साबुन वा स्यानिटाइजरको प्रयोग गर्नुहोस् । हात धोइसकेपछि सफा कपडाले पुछ्नुहोस् ।

३. घर बाहिर निस्कदै हुनुहुन्छ भने राम्रो मास्कको प्रयोग गर्नुहोस् ।

४. बजारबाट खरिद गरिएका खानेकुरा काँचो नखानुहोस् । मासु वा तरकारी पकाउनुहघि तातोपानीमा उमाल्नुहोस् ।

५. विशेष काममा बाहेक अन्य व्यक्तिहरुसँग धेरै सम्पर्कमा नबस्नुहोस् । सकभर अन्य व्यक्तिसँग हात नमिलाउनुहोस्, त्यसको साटो नमस्कार गर्नुहोस् । (हात मिलाएपछि सबुन पानीले राम्रोसँग हात धुनुहोस्)

६. आँखा, नाक या मुखमा हात लगाइरहने बानी छ भने, त्यो बानी छोड्नुहोस् ।

७. तपाइँलाई रुघा, खोकी, ज्वरो आएको छ र सास फेर्न गाह्रो भएको छ भने, तुरुन्त चिकित्सकलाई देखाउनुहोला ।

८. चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोस् ।


कस्तो लाग्यो ?

यो पनि