बैशाख २४, २०८१, सोमबार
               

पाकिस्तानका प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना

रासस
फागुन २१, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई उनको स्वास्थ्य लाभको कामना गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।  

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहेका छन् । 

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रधानमन्त्री ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि