जेठ ०४, २०८१, शुक्रबार
               

भरतपुर अस्पतालमा मन्त्रालयको टोली

रासस
फागुन २१, २०७६

ADVERTISEMENT

चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ ।

मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण अनुगमन गरेको हो ।

सो अवसरमा दाउदले अस्पतालमा आएका बिरामीको अवस्था र यहाँ आउनसक्ने खतराबारे सजग रहन निर्देशन दिए। छिमेकी देश र रोजगारीको सिलसिलामा गएर फर्किएकालाई घरमा नै बसेर क्रारेन्टाइन  गराउनतर्फ केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ थियो ।

अस्पतालमा आएका बिरामीमध्ये विदेशबाट फर्किएका र धेरै घुमफिर गर्नेलाई निगरानी बढाउन उनको  निर्देशन रहेको छ  । 

सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा‍. श्रीराम तिवारीले कोरोना भाइरस देखिइहालेमा अस्पतालले गरेका पूर्वतयारीका बारेमा जानकारी दिएका थिए ।

उनले पाँच श्ययाको छुट्टै कक्ष आइसोलेसन वार्ड स्थापना गरिएको, दुई चिकित्सकलाई विशेष जिम्मेवारी फोकल पर्सन तोकिएको बताएका थिए ।

ज्वरोका बिरामीलाई छुट्टै परीक्षण गरिएको र विशेषज्ञ चिकित्सकहरुबीच नियमित अन्तरक्रिया गरिएको उनल जानकारी दिएका छन्  ।

अस्पतलमा अहिले मास्क र पिपी उपचारका क्रममा लगाइने कपडा अभाव रहेको भन्दै त्यसको व्यवस्थापनका लागि उनले आग्रह गरे ।

कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै अस्पतालका स्वास्थ्यकर्मीलाई सचेत गराउने र जनचेतना फैलाउने काम भइरहेको तिवारीले बताएका छन्  ।

भरतपुर अस्पतालमा चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि