जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमणको आशंकामा दुई जना टेकु अस्पतालमा भर्ना

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् ।चीन र दक्षिण कोरियाबाट फर्केका उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हाे ।  

भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल लगिएको होइन ।

उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका हो । अस्पतालमा राखिएका दुई जना पुरुष हुन् । उनीहरुको नमुना संकलन गरेर ल्याबमा पठाइसकिएकाले  भोलिसम्ममा रिपोर्ट आउनले अस्पतालले जनाएको छ । 

दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ। 


कस्तो लाग्यो ?

यो पनि