बैशाख २४, २०८१, सोमबार
               

वुहानबाट ल्याइएका कुनै पनि नेपालीमा कोरोना संक्रमण देखिएन

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको  सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले चीनबाट फर्काइएका सबै नेपाली स्वस्थ भएको जानकारी दिए। 

उनीहरुलाई आइतबार विहान काठमाडौं ल्याइएको थियो । र, सबैको  नाक र घाँटीबाट स्याम्पल लिएर परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार अहिलेसम्म नेपालमा २१० जनाको कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । उनीहरु मध्ये एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो तर उनी पनि अहिले स्वस्थ भइसकेका छन् ।

मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि