बैशाख १८, २०८१, मंगलबार
               

चीनबाट भारतले गर्‍यो आफ्ना नागरिकको उद्धार

रासस
माघ २३, २०७६

ADVERTISEMENT

नयाँ दिल्ली । भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ ।

उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ ।  

“हामीले ६४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ, उनीहरूसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ,” मन्त्रालयका प्रवक्ता रविस कुमारले भन्नुभयो ।  

उनीहरूलाई दुई उडान मार्फत भारत ल्याइएको र उनीहरू अधिकांशलाई वुहान र वुहान नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा उहाँले दिएको जानकारी अनुसार उद्धार गरिएकाहरूमध्ये कसैलाई पनि कुनै पनि प्रकारको रोग देखिएको छैन । 

उहाँले यसलाई ठुलो उद्धारको रूपमा लिइएको बताउनु भयो । उनीहरूलाई उद्धारका लागि चीनले गरेको सहयोग र समन्वय उल्लेख्य रहेको पनि उहाँले जानकारी दिनुभयो । 

भारत फर्किन खोजेका अरू दश जना भने स्वास्थ्य परीक्षणको प्रक्रिया पुरा नभएकाले फर्किन नपाएको प्रवक्ता कुमारको भनाइ छ ।

उहाँले चीनमा रहेका र स्वदेश फर्किन चाहेकाहरूलाई चीनस्थित भारतीय दूतावास तथा सम्बन्धित अन्य कार्यालयमा सम्पर्क गर्न पनि आह्वान गर्नुभयो ।

चीनमा गत डिसेम्बरदेखि देखिन थालेको कोरोना भाइरसका कारण अहिलेसम्म ५६२ भन्दा बढीको मृत्यु भइसकेको छ भने अरू हजारौँ सङ्क्रमित भएका छन् ।  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि