बैशाख १८, २०८१, मंगलबार
               

राष्ट्रियसभामा कोरोनाको चर्चा

नेपाल फ्ल्यास
माघ २२, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभा सदस्यले कोरोना भाइरसले नेपालीमा पारेको असरबारे चिन्ता गरेका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले कोरोना भाइरसले नेपालीमा पारेको असरबारे चिन्ता गर्दै सरकारले चाल्नुपर्ने कदमबारे चर्चा गरेका हुन् ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण चीनमा रहेका नेपाली विद्यार्थी समस्यामा परेको सांसद् कमला कुमारीले उनीहरुको तत्काल उद्दार गर्नुपर्ने बताएकी छिन् ।  राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले कोरोना भाइरसका कारण नेपाली विद्यार्थी रोइरहेको भन्दै उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

यस्तै सांसद् कोमल वलीले अहिले नेपालमा संक्रमित कोही छन् भने तिनको अवस्था के छ ? भन्दै जिज्ञासा राखेकी छिन् । 

यस्तै उनले उद्धार गरेर ल्याएका विद्यार्थीलाई राख्ने व्यवस्थाको बारेमा पनि सरकारसँग प्रश्न गरिन् ।
 


कस्तो लाग्यो ?

यो पनि