बैशाख १८, २०८१, मंगलबार
               

कोरोना भाइरस आतंक, जापान र अमेरिकाले चीनबाट नागरिक फर्काए

एजेन्सी
माघ १५, २०७६

सरकारी विमानमा टोकियो फर्किएका जापानी नागरिक उहानको अवस्थाबारे पत्रकारलाई जानकारी गराउँदै
ADVERTISEMENT

नयाँ कोरोना भाइरसको बिगबिगी बढेसँगै जापान र अमेरिकाले चीनको उहान प्रान्तबाट आफ्नो नागरिक फर्काउन थालेका छन् । उनीहरुले आफ्ना नागरिक फर्काउनका लागि हवाईजहाजको व्यवस्था गरेका छन् ।

बुधबार बिहान २ सय ६ जना जापानी नागरिक बोकेको सरकारी हवाईजहाज उहानबाट टोकियो आइपुगेको छ, जापानी अधिकारीहरुकाअनुसार एक महिला र तीन पूरुषमा भाइरसको संक्रमण देखिएको छ ।  तर, उनीहरुमा देखिएको संक्रमण कोरोना भाइरस हो वा होइन भन्नेबारे यकिन भइसकेको छैन ।

विश्वभर फैलिरहेको नयाँ प्रकृतिको कोरोना भाइरसको उत्पत्ती उहानमै भएको हो र यसको सबैभन्दा धेरै असर पनि उहान मै देखिएको छ । मा यस भाइरसको संक्रमणबाट उहानमा १ सय ३२ जनाको मृत्यु भइसकेको छ, त्यस्तै लगभग १५ सयवटा नयाँ संक्रमणका घटना बाहिर आएका छन् ।

सार्सजस्तै देखिने यो भाइरस चीनबाट जापान, थाइल्यान्ड, दक्षिण कोरिया, युरोप तथा अमेरिकासम्म फैलिएको छ । नेपालमा पनि एक व्यक्तिमा यो भाइरसको संक्रमण देखिएको छ । भाइरसबारे पर्याप्त अनुसन्धान नै हुन बाँकी रहेको अवस्थामा यसको उपचारकार्य पनि जटिल हुने विज्ञहरुले बताइरहेका छन् ।

विश्वस्वास्थ्य संगठनले सतर्क रहन सबैलाई आग्रह गरेको छ । 

लक्षण र रोकथाम

स्वासप्रश्वासको समस्या भएका व्यक्तिमा यसको असर सबैभन्दा धेरै देखिने जेम्स कुक विश्वविद्यालयका सरुवारोग विशेषज्ञ जोन म्याकब्राइड बताउँछन् ।  १ सय ४ डिग्री फरेनहाइटभन्दा माथि ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिने, रुघाखोकी लाग्नेलगायत लक्षण कोरोना भाइरसका बिरामीमा देखिनसक्छन् । तर यी लक्षण देखिएकै आधारमा कोरोना भाइरस भयो भन्न मिल्दैन, विशेषगरी चीनबाट आएका पर्यटकमा यस्तो समस्या देखिए उनीहरुले तत्काल चिकित्सकसँग परामर्श लिनुपर्छ ।

चिकित्सकहरुका अनुसार नियमित साबुनपानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाकमुखक छोप्ने, फ्लुको लक्षण देखिएमा चिकित्सकको परामर्श लिने, फ्लुको लक्षण देखिएको व्यक्तिको सम्पर्कबाट टाढा रहने, जंगली जनावर तथा घरेलु पशुपक्षीसँग धेरै नजिक नहुने, माछा–मासु राम्रोसँग पकाएमात्र खाने गर्नुपर्छ ।

नेपालका हकमा चीनियाँ पर्यटकमार्फत भाइरसको संक्रमण फैलनसक्ने जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । त्यसैले चीनियाँ पर्यटकसँग सम्पर्कमा रहेका व्यक्तिहरु विशेष सतर्क हुन जरुरी छ । फ्लु वा अन्य त्यस्तो कुनै लक्षण देखिए पर्यटकले स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्छ । 


कस्तो लाग्यो ?

यो पनि